
सप्तरी – सप्तरी कञ्चनरुप नगरपालिका ७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादवले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको छ ।जबरजस्ती करणी गरेको अभियोगमा यादवलाई शुक्रबार राति पक्राउ परेका हुन् ।
यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।