
दोस्रो चरणमा प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १५ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ३३ जना संक्रमित थपिएपछि प्रदेश १ मा दोस्रो चरणमा सक्रिय संक्रमित दुई सय १५ जना पुगेका हुन ।
शुक्रबार मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन । मोरङको विराटनगरमा १४, बुढीगंगा गाप रंगेली, लेटाङ र उर्लाबारी नपामा एक र एक जना संक्रमित थपिका छन । यसैगरि झापाको विर्तामोड नपामा तीन, शिवसताक्षी र कनकाईमा नपामा दुई–दुई र दमक नपामा एक जना संक्रमित फेला परेका छन् ।भोजपुरको अरुणमा दुई र भोजपुर नगरपालिकामा एक, सुनसरीको इटहरी उपमहानगर र हरिनगरा गापमा एक–एक, उदयपुरको उदयपुरगढी र कटारीमा एक–एक जना संक्रमित थपिएका छन् । हालसम्म प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ३० हजार पाँच् सय ६५ जना पुगेका छन् । कुल संक्रमित मध्ये हालसम्म २९ हजार ८ सय ७८ संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा शुक्रबार दुई सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश १ मा हालसम्म दुई लाख ३४ हजार ४ सय ५५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।