
काठमाडौं – प्रहरीले ७० तोला सुनसहित ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।