
विराटनगरको कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आइतबार राति झापा दमकका ९२ वर्षीय पुरूषको मृत्यु भएको हो।कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए।चिनी रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए।
कोरोना संक्रमणका कारण मृत्यु भएका वृद्धको शव राति नै आफन्तको जिम्मा लगाइएको उनले बताए।
उनका अनुसार कोसी कोभिड अस्पतालमा हाल २ जना कोरोना सङ्क्रमित उपचाररत् छन्।केही दिन अघिसम्म अस्पतालमा बिरामी थिएनन्। तर काेराेनाकाे दाेस्राे लहर सुरू भएसँगै बिरामी आउन थालेको भगतले जानकारी दिएका छन्।दमकमा मात्रै ३६ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ।