२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २९, २०७७

सप्तरी – सिरहामा गोली हानी सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

शनिबार राति करिब पौने १ बजेको समया लहान नगरपालिका–२३ गढिया चौकमा रहेको सुनचाँदी पसलमा लुटपाट गर्न आएको समूहले वडा नम्बर २२ सिसबोनिका ४५ प्रदीप मिझारको गोली हानी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।मिझारकी श्रीमती अन्दाजी ३५ वर्षीया अनिता कुमारी दुलाल समेत घाइते भएको र उनको उपचार लहान स्थित सप्तऋषि अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीहरु मिझार दम्पति सुनचाँदी पसल सञ्चालन गरि बसेको घरको पछाडि पट्टिको भागबाट भ¥याङ्ग लगाएर घरको छतमा चढेर भुईँ तल्लामा झरेका थिए ।फलामको हम्मर र फलामको छिनोले ढोका फोरेर भित्र प्रवेश गरेको ६–७ जनाको समूहले चोरी तथा लुटपाट गर्न लाग्दा त्यसको प्रतिकार गरेका मिझारको हत्या भएको हो । चोरहरुको समूहले मिझारको टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरि छातीमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मिझारको उपचारको क्रममा आइतबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिका वडा नं. ७ का २६ वर्षीय रामकृष्ण चौधरीलाई घटना स्थलबाटै फलामको छिनोसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै लहान नगरपालिका वडा नं. २३ गढियाका २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]