२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

काठमाडौं – ग्यास सिलिन्डरभित्र लागुऔषध राखेर ल्याउने दुई जना पक्राउ परेका छन् ।

गत शुक्रबार साँझ ५ः३० बजे काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा ईप्रका फर्पिङवा खटिएको चेकिङग डियूटीले काठमाडौं जिल्ला भित्रिने सवारी साधनहरुमा चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो ।

वीरगंजवाट काठमाडौं आउँदै गरेको वा ३७ प ७१३७ मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल पछाडि बस्नेले बोकेको जेव्रा झोलाभित्र ग्यासको सिलिण्डर राखी ल्याएकोमा शंका लागी सिलिण्डर हेर्दा सिलिण्डरको मुनि भाग काटी लागुऔषध राखिएको पाइएको हो । उक्त सिलिण्डर भित्र प्रतिवन्धित लागुऔषध फनारगन, डाईजपाम र निर्फिन लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले रितपूर्वक वरामद गरी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वृत्त कीर्तिपुर पठाईएको र उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

वरामद भएको लागू औषधमा डाईजेपाम ५७७ एम्पल, फेनारगन ५७१ एम्पल, नुफिन ५६८ एम्पल रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]