२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित चिनियाँ नागरिक युन जाओमेनको डेरामा गत सोमबार लुटपाट भएको थियो।लुटपाटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले शुक्रबार र शनिबार चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा-६ शिवचोकबाट २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, गोकर्णेश्वर नगरपालिका-३ गोकर्णबाट २८ को बुद्ध तामाङ र २८ वर्षीय रोशन लामा छन्।

फूलकाजी, अमिर र बुद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने रोशनलाई शनिबार पक्राउ गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार उनीहरूले चिनियाँ नागरिक जाओमेनको डेरामा सोमबार राति सवा नौ बजे लुटपाट गरेका थिए।उनीहरूले मुकुन्डो लगाएर कोठाभित्र प्रवेश गरेको बस्नेतले बताए। भित्र प्रवेश गरी चिनियाँ नागरिक जाओमेन, उनकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाएर नियन्त्रणमा लिएका थिए।

उनीहरूको हातखुट्टा टेपले बाँधी कोठाभित्रको धनमाल लुटेको प्रहरीले जनाएको छ।पीडितले दिएको जानकारीका अनुसार उनीहरूले २० लाख नगद, २८ हजार ६ सय ८० रुपैयाँ बराबरको एउटा सुनको तिलहरी, दुइटा सुनको औंठी, दुइटा सुनको सानो बाला र एउटा ठूलो बाला लुटेका थिए।प्रहरीले पक्राउ परेकाबाट ७ लाख ९२ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय ७० युआन, एउटा तिलहरी, दुइटा सुनको बाला, कानमा लगाउने रिङ, सुनको औंठी र ठूलो सुनको बाला बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]