२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ । उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा बिहीबार बम विष्फोट गराइएको हो ।

रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो । अफगानिस्तानको शान्ति प्रक्रियामा बिहीबारको बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् । बम विष्फोटको घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । घटनको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन । तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ ।

तालिबानले भने यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]