
विवाह गर्ने प्रलोभन देखाइ बालिकालाई लजमा लागि पटक पटक जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं.१० बेहरा टोलमा बस्ने ३० बर्षका रमेश हजरा पासवान रहेका छन्।पासवानले १७ बर्षकि एक बालिकालाई बिबाहको प्रलोभन देखाइ वीरगन्जको लजमा लागि पटक पटक जबर्जस्तीकारणी गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पासवानको पटक पटक जबर्जस्ती कारणीबाट बालिकाको गर्भ बसेपछि उनी फरार भएका थिए।बालिकाकी आमाले प्रहरीमा पासवान विरुद्ध गत फागुन २१ गते जाहेरी दिएपछि उनलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो।
पक्राउ परेका पासवानलाई जवर्जस्ती कारणी मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खनालले बताए।