
नेपालगञ्ज – बाँके प्रहरीले राप्तीसोनारीबाट बाह्रबोर र भरुवा बन्दुकसहित ऋषिराम थारुलाई पक्राउ गरेको छ ।
प्रहरीले राप्तीसोनारी–५, जबरपुरबाट थारुलाई दुई थान भरुवा, एक थान बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको हो । प्रहरीले शनिबार बिहान ९ बजे थारुको घरमा छापा मारेको थियो ।इलाका प्रहरी कार्यालय, धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुका अनुसार, प्रहरीले थारुको घरबाट भरुवा बन्दुक २ थान, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बाह्रबोरको बन्दुक र उनको भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगण जेगिराउन्ड १ वटा, ३ थान जरायोको सिंह, बँदेलको दाँत १० वटा, चितलको दाँत ४ वटा, दुम्सीको प्वाँख फेला परेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । लालबहादुर र ओमप्रकाशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।