२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

सल्यानमा आफ्नै दिदीलाइ बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाइ प्रहरीले पक्राउ गरेको छ ।

गत साउन महिनामा घरमा दुई दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको बुझिएको छ । घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरीले हाल आएर गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । अहिले उनको ८ महिनाको गर्भ रहेको खुल्न आएको छ ।घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । उनीहरूको चार भाइ बहिनी सहित ६ जना रहेको छ । जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो । अहिले १६ वर्षीया ति किशोरी ८ महिनाको गर्भवती भएको उहाँले बताउनु भयो ।

प्रहरीले बलात्कार आरोपित बालकलाइ फागुनमा २६ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । हामीले घटना बारे थप अनुसन्धान गरी रहेका र्छौ,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले भन्नुभयो,अनुसन्धान पुरा भएपछि थप जानकारी दिने छौं ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]