२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

काठमाडौं – वैदेशिक रोजगारी ठगी मुद्दाका एकजना फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ साल माघ १७ गतेको फैसला अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा पौडेलविरुद्ध १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक समेत रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ काठमाडौंको बागबजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । व्युरोका अनुसार फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ ।

सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर उनले पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिएर दुबई पठाएर ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]