
सप्तरी – सप्तरीमा स्रोत नखुलेको तीन लाख रुपैँया सहित प्रहरीले एकजना महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–१ स्थित खाँडो खोला नजिकबाट छिन्नमस्ता गाउँपालिका वडा न.–१ बिरपुर निवासी ५५ वर्षीया गीता देवी महतोलाई उक्त रकमसहित पक्राउ गरेको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयाे ।उहाका अनुसार बीओपी तिलाठीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको हो ।
यता बरामद रकमसहित साे महिलालाई भन्सार कार्यालयमा बुझाइएकाे एसपि श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि पनि सप्तरीमा गत फाल्गुन ११ गतेमा साेहि ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।