
इङलिस प्रिमियर लिग क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ ।
लेस्टर चेक फुटवल क्लब स्लाभिया प्रागसँग समग्रमा दुइ शून्य गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा लेस्टरले गोल रहित बराबरी खेलेको थियो ।घरेलु मैदान किंस पावरमा गएराती भएको दोस्रो लेगमा दुइ शून्यले गोलले पराजित भएपछि लेस्टरको युरोपा लिग यात्रा समाप्त भएको हो । लेस्टरले दुवै गोल दोस्रो हाफमा खाएको थियो । प्रागका लागि ४९ अँैं मिनेटमा मिनेटमा लुकास प्रोभोडले गोल गरेका थिए । ८९औं मिनेटमा १९ वर्षीय स्ट्राइकर अब्दाल्लाह सिमाले गोल गरेपछि लेस्टर दुइ शून्यले स्तब्ध भयो । प्रागले यसअघि इङल्यान्डमा खेलेका पाँचै खेलमा हार बेहोरेको थियो । प्राग सन् १९९९–२००० मा लिड्स, २००६–७ मा टोटेनहम, २००७–८ मा आर्सनल र २०१८–१९ मा चेल्सिसँग पराजित भएको थियो । लेस्टरले भने सन् १९९७ यता घरेलु मैदानमा भएको युरोपियन प्रतिस्पर्धामा हार बेहोरेको यो पहिलो पटक हो ।
इटालियन क्लब नापोली पनि प्रतियोगिताबाट बाहिरियो । नापोली ग्रानाडासँग समग्रमा २–३ गोलले पराजित भयो । दोस्रो लेगमा ग्रानाडालाई दुइ एक गोलले हराएपनि नापोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त भएन । पहिलो लेगमा नापोली दुइ शून्यले पछि थियो ।