
दार्चुला – प्रहरीले लागु औषध चरेश सहित दार्चुलाका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका—१ इयरकोट बस्ने २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए ।ठेकरे बंगाबगडमा होटल व्यवसाय गरिरहेका थिए ।प्रहरीलाई शंका लागेपछि उक्त होटलमा छापा मार्दा उनको साथबाट ५२ दशमलव ७ ग्राम चरेश बरामद गरिएको उनले बताए ।
उनलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने जनाइएको छ ।