
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ मोतिपुरमा दुई पक्षबीच कुुटाकुट हुँदा पाँच जना घाईते भएका छन् ।गैडाकोट प्रहरीका अनुसार मोतिपुर निवासी आशिष बरालीको टोली र सोही स्थानका ३२ वर्षीय होमबहादुर विकको टोलीबीच झगडा भएको हो ।
कुटपिटमा परी १७ वर्षीय गम्भीर विरकट्टा गम्भीर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी २१ वर्षीय तुल्सन बरालको आँखा, हात र ढाडमा चोट लागेको छ । त्यसैगरी २९ वर्षीय भुवन बरालको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
२३ वर्षीय सन्तोष थापा र ३२ वर्षीय होमबहादुर विकको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न आशिष बराली र २४ वर्षीय प्रभु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।