
कैलाली-डडेल्धुरामा बाघको छाला सहित एक युवक पक्राउ गरेका छन्।प्रहरीका अनुसार जिल्लाको अजयमेरू गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २९ को जगत सिंह भण्डारी र उनले चलाई रहेको सुपप्र०४००१ प ०५४८ नम्बरको मोटरसाईकलमा ओसारदै गरेको अस्थामा पक्राउ गरीएको हो। जिल्लाको अमरगढी नगरपालीका – ६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
डडेल्धुरा प्रहरीका अनुसार सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले चेकजाँच गर्दा उनकाे साथबाट भालुको पित्त थान एक, ठुलो बाघको जस्तो देखीने छाला थान एक, सानो बाघको जस्तो देखीने छाला थान एक बरामद जनाएको छ।
उनलाइ आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय डडेल्धुरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।