
पर्सा – पर्सा प्रहरीले लागु औसधसहित एकजनालाई पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–३ निवासी प्रेम हजारा शुक्रबार पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा उनको घरमा छापा मारी एक किलो सय ग्राम गाँजा र ४ सय ग्राम चरेशसहित उनलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
एसपी पाण्डेका अनुसार पक्राउ परेका हजारालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । यसअघि हिजै पर्सा प्रहरीले १८ सय लागुऔषध एम्पुल सहित दुईजनालाई पक्राउ गरेको थियो ।
अटोरिक्सामा ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा प्रहरीले उक्त अटो चालक जलान्धर दास र अटोमा सवार जयप्रकाश महतोलाई नियन्त्रणमा लिएको एसपी पाण्डेले बताए ।