
सप्तरी – पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ ।
मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर शुक्रबार मृत्यु भएको हो ।आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुबी रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पारेकी थिइन् ।उनले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पुर्याएकी थिइन् । तर अस्पतालका डाक्टरले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।