
सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् ।
लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका नायकको संज्ञा दिएका छन् ।उनीहरुले प्रधानमन्त्री ओलीले पशुपतिमा गएर हिन्दुहरुलाई भड्काउने काम गरेको आरोप पनि लगाएका छन् ।
विद्यार्थी नेता रन्जित तामाङले सरकारी बजेट खर्च गरि प्रतिगमन टिकाउने हर्कत गरे यसको हिसाबकिताब चुकाएरै छाड्ने चेतावनी दिनुभयो ।विद्यार्थी नेताहरुले ओलीको प्रतिगमन विरुद्ध माघ २२ गते वृहत र्याली गर्ने भएका छन् ।