
सप्तरी – डेरा खोज्न साथीको घर गएका भारतीय नागरिक ११ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।यो पर्सा वीरगन्ज महानगरपालिका-१ छपकैयाको घटना हो।
पर्सा प्रहरीका अनुसार भारत बिहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलियाका ३४ वर्षीय नेहाल मियाँ आइतबार बिहान पक्राउ परेका हुन्।शनिबार राति मियाँले आफ्नै साथी पर्ने ३५ वर्षीया महिलाकी छोरीलाई बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ।मियाँ ती महिलाको डेरामा सुतेका थिए। राति साढे १० बजेतिर बालिका चिच्याएपछि मियाँ फरार भएका थिए।
फरार भएका उनलाई आइतबार बिहान ५ बजे प्रहरीले पक्राउ गरेको थियो।पक्राउ परेका मियाँलाई जबरजस्ती करणी कसुरमा अदालतबाट म्याद लिई थुनामा राखिएको प्रहरीले जनाएको छ।