२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यसहित दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडे छन् ।उनीहरुलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ।

बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरुलाई ०६५ असारमा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई १ वर्षको कैद ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवाना सजाय तोकेको थियो ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । पक्राउ परेकी उसिला सिंह काठमाडौँ महानगरपालिका १२ की निर्वाचित वडा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]