
सप्तरी – रुसको एक स्की रिजोर्टमा अचानक हिमपहिरो आएपछि हिउँमुनि १२ जना पुरिएको र अहिलेसम्म फेला नपरेको एक रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा उत्तर ककेसस क्षेत्रको डोम्बे रिजोर्टमा कृत्रिम हिमपहिरो आएको क्षण कब्जा भएको छ । त्यतिखेर एक व्यक्तिले बालकलाई सुरक्षित क्षेत्रतिर पुर्याउन लागेका थिए । हिउँमा पुरिएका टुरिस्टहरूलाई १७० भन्दा बढी उद्धारकहरूले खोजी गरिरहेका छन् । माउन्ट मुस्सा–अचितारामा रहेको लोकप्रिय रिजोर्टका दुईवटा ट्रेलर पनि हिउँमा पुरिएका छन् । क्याफे र स्की लिफ्ट पनि पुरिएका छन् । कम्तीमा ६ जनालाई हिउँमुनिबाट उद्धार गरिएको उद्धार टोलीका एक सदस्यले बताए ।