२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – छुरा प्रहार गरेर आफ्नै साथीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ-१ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए ।
उनका अनुसार पुस २३ गते सामान्य विवाद हुँदा बुढानीलकण्ठ-१ मा ठकुरीले तामाङलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका २१ वर्षीय तामाङलाई थप उपचारका उनैले नजिकैको अस्पताल लगेका थिए । त्यहाँ उपचार नसकेपछि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो ।उपचारकै क्रममा तामाङको पुस २६ गते मृत्यु भएको डीएसपी खड्काले बताए । प्रहरीका अनुसार छुरा प्रहारबाट तामाङको तीघ्रा र अण्डकोषमा चोट लागेको थियो । छुरा प्रहारपछि फरार रहेका ठकुरीलाई प्रहरीले चितवनबाट पुस २७ गते नियन्त्रणमा लिएको छ ।

पीडित परिवारले ठकुरीसिहत अन्य २ जनाविरुद्ध किटानी जाहेरी दिएको डीएसपी खड्काले बताए । ठकुरी अहिले हिरासतमा छन् भने घटनामा संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]