१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७
Sorry No Photo is selected hare

सप्तरी – जैविक विविधताको संरक्षणमा लागी परेको लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको २०७७/०७८ को साउन देखि पुष मसान्तसम्म एक सय ४२ लाई राहत स्वरुप रकम प्रदान गरेको छ । प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार निकुञ्ज कार्यालय मा आई क्षति पुर्ति को माग गरि एक सय ४४ वटा निवेदन दर्ता भएको थियो दर्ता भएका मध्ये क्षतिको प्रकृति हेरेर एक सय ४२ जना लाई १० लाख ४७ हजार एक सय ५५ रुपैया प्रदान गरिएको छ निकुञ्ज क्षेत्रको ठुलो स्याफ्रु, बृद्धिम, खाम्जिङ, कालिका स्थान, यार्सा क्षेत्रमा बढि वन्यजन्तु ले क्षति गरेको छ ।

सबै भन्दा बढि भालु, बाँदर, चितुवा, दुम्सी, बदेल ले क्षति पु-याएका छन् भने एक सय ४० घरधुरी को बाली नाली को क्षति पशुधन क्षति र तीन जनालाई गम्भिर घाइते समेत बनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोस्रो संशोधन २०७४ अनुसार राहत वितरण गरिएको बताउदै वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै गएको ले यस को दिर्घकालिन विकल्प खोज्न थालिएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो ।२०६९ सालबाट वन्यजन्तु बाट पिडित परिवार लाई राहत वितरण गर्न थालिएको हो ।भने वन्यजन्तुबाट हुने क्षति कम गर्नका लागी यो वर्ष तारजाली लगाउने ढुङगाको पर्खाल लगाउने र चिराइतो खेति लाई प्रर्वद्धन गर्ने कार्यक्रम अघि बढाइरहेको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको राहत संचय कोषको ब्याज बाट राहत वितरण गरिएको हो यसले पिडितलाई थोरै भएपनि राहत वितरण गर्दा संरक्षणमा टेवा पुग्छ ।क्षति भएको रसुवाको ७७, सिन्धुपाल्चोक ४९, नुवाकोट १४ घरधुरी रहेका छन् ।यस्तै यसै आर्थिक वर्षमा कोभिड १९ को प्रभावले रसुवा भित्रिएका विदेशी पर्यटक ६६ जना आन्तरिक पर्यटक नौ सय जना गरि नौ सय ८९ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।जैविक विविधताको संरक्षण गरि यस क्षेत्रमा रहेका वन्यजन्तु तथा वनस्पतिहरु संरक्षण गर्दै मानव वन्यजन्तु द्धन्द न्युनिकरण गर्ने तथा स्थानिय जनताको जिविको पार्जन मा सुधार ल्याउनु यस निकुञ्जको प्रमुख उद्देश्य रहेको छ ।

समुन्द्री सतहबाट एक हजार मिटर देखि सात हजार दुई सय २५ मिटर सम्म फैलिएको निकुञ्ज वन क्षेत्र घाँसे मैदान क्षेत्र झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जको मुख्य भू-उपयोग हुन् । भने साल खोटे सल्ला, कटुस, गोवे्र सल्ला, धुपी सल्ला, ओखर, खसु्र, भोजपत्र का वनस्पतिहरु र रेडपाण्डा कस्तुरी मृग हिउँ चितुवा ध्वाँसे चितुवा, व्वाँसो, सालक, चरि बाघ, आसामि रातो वादर, लंगुर बाँदर, थार, घोर हिमाली कालो भालु जस्ता दुर्लभ तथा महत्वपुर्ण वन्यजन्तुहरु पाइन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]