१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – आज १० जनवरीमा अभिनेता ऋतिक रोशन आफ्नो ४७औँ जन्मदिन मनाइरहेका छन् । यही उपलक्ष्यमा ऋतिकको मुख्य भूमिका रहने चलचित्र ‘फाइटर’ निर्माणको घोषणा्सहितको टिजर सार्वजनिक गरिएको छ ।

निर्माणको घोषणा हुनुअगावै चलचित्रमा दीपिका र ऋतिकको जोडी बाँधिने कुराले यो चलचित्रलाई चर्चामा तानेको थियो ।३० सेकेन्ड लामो टिजरमा चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । आफ्नो ट्वीटर ह्यान्डलमा टिजर सार्वजनिक गर्दै अभिनेताले लेखेका छन्, “मारफ्रिल्कसको भिजन फाइटरको छोटो झलक पेस गरेको छु । दीपिका पादुकोणसँगको पहिलो उडानका लागि उत्साहित छु । सिद्धार्थ आनन्दको यो रमाइलो यात्राका लागि तयार हुनुहोस् ।”

चलचित्रको सन् २०२२ सेप्टेम्बर ३० मा रिलिज मिति तोकिएको छ । चलचित्रको छायाँकन २०२१ को डिसेम्बरदेखि सुरु गरिनेछ ।अभिनेत्री दीपिकाले पनि ट्वीटरमा यो टिजर सेयर गर्दै लेखिन्, “सपना साँचै पूरा हुन्छन् ।”यस चलचित्रमा ऋतिक एयरफोर्स अफिसरको भूमिका निभाउँदै छन् । दीपिकाको भूमिकाबारे भने कुनै जानकारी बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]