२८ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले संविधानमै त्रुटी भएका कारण त्यसका धाराहरु प्रयोगमा ल्याउँदा सधै विवाद हुने गरेको बताएका छन्।

आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले संविधानमा कस्तो त्रुटी छ भन्नेबारे नखुलाए पनि संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका संविधानका धारा विवादास्पद भएको जनाए।‘संविधान अपूरो भयो भनेर हामीले पहिल्यैदेखि नै भन्दै आएका थियौं, संविधान बनाउने सत्ताधारीहरुले नै अहिले संविधानमाथि विवाद निकालेक छन्’, उनले भने।उनले प्रदेशहरुमा धमाधम अविश्वासको प्रस्ताव आइरहेको र प्रधानमन्त्रीले प्रदेश पनि विघटन नगर्लान भनेर भन्न नसकिने बताए।अध्यक्ष ठाकुरले संसद विघटन असंवैधानिक भएको जनाउँदै त्यसविरुद्ध पार्टीले आन्दोलन गरिरहेको र आउने दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए।ठाकुरले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला आफूहरुलाई मान्य हुने बताए। यदि सर्वोच्चले संसद पुनःस्थापना नगरेमा आफूहरु निर्वाचनमा जान तयार रहेको उनको प्रष्टोक्ति छ।

उनले मधेश आन्दोलन र संविधान जारी हुने बेला भएको आन्दोलनमा थुप्रै मधेशी नेता कार्यकर्ताहरुमाथि राज्यले झुट्टा मुद्दा लगाएर जेल हालेको जनाउँदै तत्काल रिहाई गर्न सरकारसँग माग गरे। ठाकुरले जनअभिमतबाट निर्वाचित रेशम चौधरी लगायत जेलमा रहेका २५ बढी नेताकार्यकर्ताको रिहाई गर्न सरकारलाई आग्रह समेत गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]