२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०९, २०७७

सप्तरी-सप्तरीको राजविराजस्थित अस्पतालका २ कार्यालय सहयोगी, ३ बिरामी, पत्रकार, औषधि पसलेसहित सप्तरीमा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत सुरक्षा गार्ड राजविराज-१५ का २५ वर्षीय र ३३ वर्षीय कार्यालय सहयोगी संक्रमित भएका छन्।यसैगरी अस्पतालको आकस्मिक सेवामा उपचाररत तीन जना बिरामी संक्रमित भएका छन्। बिरामी राजविराज नगरपालिका- ६ का ४० वर्षीय, राजविराजको वडा नखुलेका २७ वर्षीय र सप्तरी राजगढ गाउँपालिका-५ का ४२ वर्षीय रहेका छन्। राजगढ गाउँपालिका- ५ का बिरामी प्रहरी हुन्।

यस्तै अस्पताल अगाडि औषधि पसल सञ्चालन गरिरहेका तिलाठी कोइलाडी गाउँपालिका-१ का २३ वर्षीय पुरुष पनि संक्रमित भएका छन्।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पत्रकारसहित खडक नगरपालिकाका ६ जना संक्रमित थपिएका छन्। खडक नगरपालिका-८ का १४ र २४ वर्षीय पुरुष तथा २७ र ४० वर्षीया महिला, खडक नगरपालिका- ९ का १ वर्षीय पुरुष तथा छिन्नमस्ता गाउँपालिका-३ घर भएर हाल खडक-८ मा बसिरहेका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ। पत्रिकाको सम्पादक संक्रमित भएपछि पत्रिकाको सम्पादन गर्न ३० वर्षीय सहसम्पादक खडक नगरपालिका-८ मा बसेका थिए।

सप्तरीमा जिल्ला प्रशासन कार्यालयका ३४ वर्षीय प्रशासकीय अधिकृत, भिमदल गणका २८, ३०, ३२, ३४ वर्षीय नेपाली सेना, कञ्चनरुप नगरपालिका-८ का ४० वर्षीय नगरपालिकाको कार्यालय सहयोगीसहितमा संक्रमण देखिएको थियो।
यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जसमध्ये १३ जनाको मृत्यु भएको छ भने ८९३ जना निको भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयाे ।

यादवका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा ६८ जना, तिलाठी कोइलाडीस्थित आइसोलेशन केन्द्रमा ९ जना र कञ्चनरुपस्थित आइसोलेशन केन्द्रमा ६ जना रहेका छन्। अरु सबै जना होम आइसोलेशनमा रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]