०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – पछिल्लो समय नेपाली फिल्ममा रंगमञ्चका कलाकारको वर्चस्व छ । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, मेनुका प्रदान, लक्ष्मी बर्देवालगायत थुप्रै कलाकार छन् । जो रंगमञ्चबाटै फिल्ममा प्रवेश गरेका छन् ।

फिल्ममा रंगमञ्चका कलाकारको बचश्र्व रहेको समयमा फिल्मी कलाकारको पनि रंगमञ्च प्रवेश बढ्न थालेको छ । नम्रता श्रेष्ठ, राजेश हमालपछि फिल्मी कलाकार स्वस्तिमा खड्कालाई पनि नाटकमा अभिनयमा देख्न पाइने भएको छ ।नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । जसको जानकारी अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालबाट गराएकी छन् ।थिएटर भिलेजका विमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ । चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय बताइएको छ ।

पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन् । आफ्नो मनपर्ने उपन्यास माथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी छिन् । नाटक सकिएपछि उनी दीपेन्द्र के.खनालको फिल्म ‘चिसो मान्छे’को छायाँकनमा व्यस्त रहनेछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]