सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आइतवार विहान १० बजे फोन गरेर मन्त्रीहरुलाई साढे ११ बजे बालुवाटार पुग्न निर्देशन दिएका हुन् । साढे ११ बजेका लागि बैठक बोलाइए पनि अझै बैठक सुरु नभएको प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए ।मन्त्रिपिरषदको नियमित बैठक भने सोमवार र बिहीवार बस्दै आइरहेको छ । बैठकको एजेण्डाबारे भने केही खुलाइएको छैन ।