३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

प्रदेश न.२ का भुमि, व्यवस्था तथा कृषि सहकारि मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीमैत्री प्रदेश बनाउने लक्ष्य प्रदेश सरकारकाे रहेकाे बताएका छन । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.६ मा अाज अायाेजित एक कार्यक्रममा बिषहारा बचत तथा ऋण सहकारि सस्था लि. काे चौथो बार्षिक साधारणसभालाई सम्बाेधन गर्नुहुदै मन्त्री साहले साे कुरा बताउनुभएको हाे । प्रमुख अतिथिकाे अासन्नबाट बाेल्नुहुदे मन्त्री साहले मुलुकमा सहकारीकै माध्यमबाट जिल्ला ,प्रदेश र मुलुककाे अार्थिक सम्बृदि हुने बताउनुहुदै उहाले प्रदेश न. २ मा झण्डै ७ हजार सहकारि सस्थाहरु रहेकाले अब सहकारीहरुलाइ सकृय बन्न अाग्रह गर्नुभएको छ ।

साहले सरकार पनि सहकारी सस्थाहरुकाे प्रगति र उन्नतिकाे लागि लागिपरेकाेले सहकारी कै माध्यमले अार्थिक सम्बृदि हुने जिकिर गर्नुभयो । उहाले नेपाललाई कृषि प्रधान देश भनेपनि यहाँका किसानहरुलाइ सिचाइ ,मल खाघ ,बीउ िवजनकाे समस्या बर्सेनि झेल्नुपरिरहेकाे स्विकार्दै मन्त्री साहले किसानहरुकाे सम्बृदि बिना प्रदेश र देशकाे सम्बृदि हुन नसकिने बताउनुभयाे । एक अर्को प्रसङमा मन्त्री साहले प्रदेश न.२ मा २७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र सिचाइकाे पहुच रहेकाले प्रदेश सरकार दिर्घकालिन याेजनाहरु सन्चालन गर्ने बताउनुभयाे ।

मन्त्री साहले कृषिकाे उत्पादनमा बृद्धि भए पछि बेराेजगारि समस्या अन्त्य हुन सकिने बताउनुहुदे यसका लागि प्रदेश सरकारले ११४ वटा नदिहरुकाे सर्वे गरिसकेको जसमा सप्तरीका पनि १५ वटा साना मझाेला नदिहरु रहेकाे बताउनुभयाे । उहाले यवाहरुकाे राेजगारिका लागि कृषिसगे फलफुल ,व्यवसायिमुलक खेतिपातिका लागि सहुलियत दरमा ऋणकाे व्यवस्था गर्न प्रदेश सरकार लागिपरेकाे बताउनुभयाे ।यस्तै मन्त्री साहले प्रदेश सरकार साना तथा मझाेला किसानहरुकाे लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उहाले अगामि अार्थिक वर्षदेखि त्यसका लागि १ कठादेखि १० कठा सम्म भएका किसानहरुलाइ १० हजारका दरले अार्थिक सहयाेग उपलब्ध गराउने बताउनुभयाे । यसेगरि मन्त्री साहले प्राविधिक बिना कृषि गर्न नसकिने भएकाले प्राविधिक सहित परम्परागत खेति छाेडेर अाधुनिकिकरण तथा व्यवसायिमुलक खेति गर्न किसानहरुलाइ अागर्ह समेत गर्नुभएको छ । सस्थाका अध्यक्ष ब्रहम नारायण यादवकाे अध्यक्ष्ातामा अायाेजित साे कार्यक्रममा राष्ट्रिय सहकारि बेङक २ न. प्रदेशका सयाेजक विश्वनाथ मण्डल ,बेङकका चन्द्रमणि भट्टराई ,गणेश कुमार दास ,शिक्षक धनेश्वर साह ,महुलि सामुदायिक विकास केन्द्रकि स्वेता चाेधरि लगायतकाहरुले अा अाफनाे धारणा राख्नुभएको थियाे ।

यस्तै साेहि कार्यक्रममा बिच बिष्णुपुर गाउपालिका अनतर्गत गरिब तथा विपन्न समुदायका बालबालिकाहरु जस्तै शिब कुमार खङ ,गाेपाल सदा ,सुमिता कुमारि राम र लक्ष्मि सदालाइ जनहि १ हजार २ सयका दरले अार्थिक सहयाेग समेत प्रदान गरेकाे बाल सरक्षण समितिका अध्यक्ष शम्भु यादवले जानकारि दिनुभयाे । यता उक्त सस्थाले अार्थिक वर्ष २०७५/०७६ मा ३ कराेड १३ लाख ९७ हजार ९ सय ६१ रुपेया ६५ पेसा र अाव ०७६/०७७ मा ३ कराेड २४ लाख ४२ हजार ३१ रुपेया ६४ पेसाकाे अाय व्यय प्रस्तुत गरिएको थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]