२७ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् ।सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते बसेकी मोटरसाइकल पछाडि बसेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।युवतीको मृत्युपछि स्थानीयबासीले छिन्चु बजारमा प्रर्दशन गरेका थिए । सवारी चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।प्रशासन र मृतकका आफन्तहरुबीच सहमति हुन नसकेपछि स्थानीयबासी वीरेन्द्रनगरको मंगलगढी चोकमा आएर प्रर्दशन गरेका थिए । उनिहरुले, ‘मान्छे मार्न पाइदैन’, ‘दोसीलाई फाँसी दे, पीडितलाई न्याय दे’ भन्दै नारा बाजी गरेका थिए । प्रदर्शनकारीहरुले वीरेन्द्रनगरस्थित जुम्लारोड सडकखण्ड अवरुद्ध गरे ।सडक खुलाउन प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउण्ड अश्रुग्यास हानेको थियो ।

६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए । ‘हामीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेका छौं । दोसीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसपी भट्टले भने, ‘उनीहरुले फाँसीको नारा लगाइ रहेका छन् । फाँसी दिने कानून छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]