१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – क्यापिटल हिलमा भएको हिंसा पश्चात् अमेरिकी प्रतिनिधि सभाको स्पीकर नेन्सी पेलोसी अति चिन्तित भएकी छन । उनका अनुसार सन्काहा ट्रम्प जेसुकै गर्न सक्छन् ।

अमेरिकामा सम्पन्न भएको निर्वाचनपछि ३ जनवरी २०२१ मा स्पीकर निर्वाचित भएकी नेन्सी राष्ट्रपति ट्रम्पको धुर विरोधी रही आएकी छन् । नेन्सी अमेरिकी प्रतिनिधि सभामा चौथो पटक स्पीकर पदका लागि निर्वाचित भएकी हुन् । यसभन्दा अघिल्लो प्रतिनिधि सभामा पनि ३ जनवरी २०१९ देखि स्पीकर रहदै आएकी थिइन् । अमेरिकामा कमला हैरीसन उपराष्ट्रपति बन्नु अघि नेन्सी नै अमेरिकी सरकारको सबैभन्दा ठूलो हैसियतमा पुग्ने पहिलो महिला थिइन् । यसअघि २००७ र २०११ मा पनि उनी स्पीकर निर्वाचित भएकी थिइन् ।ट्रम्पका समर्थकले मच्चाएको उधुमबाट नेन्सी भयभीत भएकी छन् । उनको विचारमा राष्ट्रपति ट्रम्प अन्तिमका दिनमा जुनसुकै पाइला चालन सक्छन् । उनको बुझाइमा ट्रम्पले राष्ट्रपतिको रूपमा परमाणु अस्त्र नै प्रयोग गर्न सक्छन् । अमेरिकी राष्ट्रपतिसँग परमाणु अस्त्र प्रयोग गर्ने परमाणु कोड हुन्छ । नेन्सीलाई आशंका छ राष्ट्रपतिले यो कोडको प्रयोग गरी परमाणु विपदा निम्त्याउन सक्छन् ।आफ्नो यसै आशंकालाई मध्यनजर गरी स्पीकर नेन्सीले अमेरिकी सेनाका उच्च पदस्थ अधिकारीहरुसँग परामर्श गरेकी छन् । उनले अधिकारीगणहरुसँग अमेरिकी सेनाले परमाणु कोडको सुरक्षा सुनिश्चित गर्ने अनुरोध गरेकी छन् ।नेन्सीले यस सम्बन्धमा आफुले अमेरिकी सेनाको ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ का चेयरम्यान मार्क मिले (Mark Milley ) संग भेट गरेको जानकारी दिएकी छिन्। उनले चेयरम्यान मार्क मिलेसँग भेटेर सनकाहा ट्रम्पलाई परमाणु सैन्य शत्रुता शुरू गर्नबाट रोक्न, न्यूक्लियर लन्च कोडको सुरक्षा र परमाणु आक्रमणको आदेश आएमा त्यसलाई रोक्न सम्बन्धमा कुरा गरेको बताएकी छन् ।नेन्सीका अनुसार यसभन्दा नराम्रो स्थिति अरु केही हुन सक्दैन । ट्रम्प जुनसुकै स्तरसम्म जान सक्छन् । जति छिट्टै उनलाई राष्ट्रपतिबाट हटाउन सके त्यही नै उत्तम हुनेछ । ट्रम्प विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा हुन सक्छन् ।ज्ञातव्य छ, अमेरिकी राष्ट्रपति न्यूक्लियर लन्च कोड मार्फत सेनालाई परमाणु अस्त्र प्रयोग गर्ने आदेश दिन सक्छन् । एकपटक राष्ट्रपतिबाट यस्तो आदेश आए पछि अमेरिकी सेनाले आदेशको अवहेलना गर्न सक्दैन । अमेरिकामा चुनिएका नयाँ राष्ट्रपतिलाई ज्वाइन्ट चीफ अफ स्टाफले ‘न्यूक्लियर लन्च कोड’ दिने परम्परा रही आएको छ ।

त्यसो त केही दिनअघि मात्रै इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि आणविक हमला गर्ने तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको बताएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]