२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई चिन्न ढिला भएको बताएका छन्। सम्पर्क समन्वय कमिटीले राजधानिको चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि ओलीलाई चिन्न नसकेको बताएका हुन्।

‘नेपाल अगाडी बढछ भनेर हामीले कल्पना गरेका थियौं। तर उहाँले प्रधानमन्त्रीको कुर्सिमा पुगेपछि पार्टी बिर्सनु भयो,’ उनले भने।केपी ओलीले एमालेको एउटा गुटलाई मात्रै नेतृत्व गरेको खनालको आरोप छ। ओलीले बुर्जुवा नीति तथा कार्यक्रम ल्याएर पार्टीमाथि प्रहार गरेको उनले बताए।ओलीका विभिन्न षडयन्त्रलाई आफूहरुले रोकेको बताउँदै खनालले भने, ‘पार्टीले रोकेकै हो। षडयन्त्र गर्ने कामहरुमा केपी ओलीलाई रोकेकै हो।’ओलीले राजनीतिक र संवैधानिक निकायमा आफू अनुकुल नियुक्ति दिएको र ति निकायमा निरंकुशतालाई बढावा दिएको खनालको दाबी छ।

‘सत्तामा केपीले आफ्ना मान्छे र आफ्ना मातहत राखेको छ। अनुसन्धान विभागमा पति त्यस्तै छ,’ उनले भने।नेपाल दक्षिणपन्थि दिशातिर गएको खनालको टिप्पणी छ। सत्तामा पुगेदेखि नै ओलीले विभिन्न खालका धम्की दिन थालेको भन्दै उनले ओलीका धम्की भन्दा संविधान र त्यसको कार्यन्वयनमा आफूहरुको ध्यान भएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]