२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – जुम्लामा कालिज पालन व्यवसाय सुरु गरिएको छ । पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो ।

जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय सुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको पाण्डेले थप्नुभयो । हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसाबले पनि निकै उत्तम हुने भएकाले यहाँको मासुको गुणस्तर तथा स्वादमा फरक हुने उहाँले बताउनुभयो ।

एक वर्षमा एक हजार उत्पादनको लक्ष्य :जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको फर्मले जनाएको छ ।

पाण्डेका अनुसार १५ लाख रुपैयाँ लगानीमा फर्म खोलिएको हो । फर्ममा अहिले ४० वटा पोथी र १ सय १५ वटा भाले कालिज छन् । कालिज पालन व्यवसाय राम्रो फस्टाइरहेको उहाँले बताउनुभयो । प्रति कालिज तीनहजार पाँच सय रुपैयाँमा बिक्री गरिएको छ । यो मूल्य करिब स्थानीय कुखुराको मूल्य बराबर भएकाले बिक्री बढी हुन थालेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]