०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको प्रहरी चौकी जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा अस्थायी रुपमा मर्ज भएको छ ।लोमान्थाङ गाउँपालिका—४ छोसेरको प्रहरी चौकीलाई जिल्लामा मर्ज गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

समुन्द्री सतह देखि ४२ सय मिटर उचाइमा रहेको उक्त प्रहरी चौकीमा १० जनाको दरबन्दी छ । तर,त्यहाँ ५ जना प्रहरी सुरक्षाकर्मी मात्र कार्यरत थिए । हिउँदयामसँगै हिमपात, हावाहुरी,धारा तथा सेफ्टी ट्याङ्की जम्ने र अत्यधिक चिसोले जनजीवन कष्टकर हुने हुँदा त्यहाँ कार्यरत ५ प्रहरी सुरक्षाकर्मीलाई जिल्लामा मर्ज गरिएको सूचना अधिकृत पौडेलले बताए । उनका अनुसार चिसोले मर्ज गरिएका सुरक्षाकर्मीलाई बैशाखपछि साविककै स्थानमा पठाइने छ ।उपल्लो मुस्ताङको छोसेर प्रहरी चौकी नेचुङ भन्सार कार्यालयको भवनमा बस्दै आइरहेको थियो । त्यहाँ कार्यरत प्रहरी बसेको भवनको भौतिक संरचना जीर्ण भएको र सुरक्षाकर्मीलाई जाडो छल्ने आवश्यक उपकरण ,लत्ताकपडा र अतिआवश्यकीय सामाग्री अभावले सुरक्षाकर्मीलाई बेसी झारिएको जिप्रका मुस्ताङले जनाएको छ । हिउँदयामको हिमपात हुँदा सुरक्षाकर्मीलाई इन्धन, खाद्यान्न आपूर्ति र व्यवस्थापनमा चुनौती देखिने गर्छ ।उपल्लो मुस्ताङमा अवस्थित प्रहरी चौकी छोनुप, सुर्खाङ ,चराङ र घमी का सुरक्षाकर्मी बर्सेनी हिउँदयामको मौसममा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा झारिन्थ्यो । तर ,यसपटक भने उपल्लो मुस्ताङको छोनुप , सुर्खाङ र घमी प्रहरी चौकीमा प्रहरी जनशक्तीको अभाव र प्रहरी बस्ने आवास भवनको संरचना गतिलो नहुँदा सुरक्षाकर्मी बसेका थिएनन् ।उपल्लो मुस्ताङमा अधिकांश प्रहरी चौकीको आफ्नो निजी भवन नभएकाले सुरक्षाकर्मीलाई निकै समस्या हुने गरेको पाइएको छ । उपल्लो मुस्ताङको छोनुप र सुर्खाङमा साविक गाविस भवनको कार्यालयमा प्रहरीलाई स्थान्तरण गरिएको थियो भने घमी प्रहरी चौकी भवन भने व्यक्तीको घर भाडामा लिएर प्रहरी चौकी बसेको थियो । यी तीन वटै प्रहरी चौकीमा दरबन्दी १०/१० जनाको थियो ।हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा प्रहरीको १९ वटा ईकाई रहेको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—१ चराङको प्रहरी चौकी र लोमान्थाङ गापा—५ को सीमा प्रहरी चौकी भने साविककै स्थानमा रहेको जनाइएको छ । चराङ प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेपनि ५ जना र सीमा प्रहरी चौकी लोमान्थाङमा २४ जना प्रहरीको दरबन्दी रहेपनि हाल ८ जना मात्र सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । लोमान्थाङको सीमा प्रहरी र प्रहरी चौकीका सुरक्षाकर्मी भने साविकै स्थानमा रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रहरी नायव उपरिक्षकसहित कुल ३ सय १३ जना प्रहरीको दरबन्दी रहे पनि हाल १ सय ८२ जना मात्र सुरक्षाकर्मी कार्यरत छन् । कुल दरबन्दीको ४० प्रतिशत सुरक्षाकर्मीको अभाव हुँदा उपल्लो मुस्ताङका कतिपय प्रहरी चौकीमा प्रहरी परिचालन गर्नमा समस्या देखिँदैआएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]