०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – पुतलीबजार नगरपालिका २ भैंसेगौंडामा १ सय १५ प्रजातिका चरा भेटिएका छन्। त्यस्तै २० प्रजातिका पुतली र ४ प्रजातिका भ्यागुता भेटिएका छन्। सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तरगत स्याङ्जाको रामबाच्छादेखि तनहुँको दुलेगौंडासम्मको ७२ किलोमिटर पदमार्ग अन्तरगत भैंसेगौडा पर्दछ।

वालिङ, पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिका सहित तनहुँको शुक्लागण्डकी गाउँपालिकाका केही वडा यही पदमार्गमा पर्दछ। पदमार्ग अन्तर्गत पर्ने यो क्षेत्र चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य भएकोले गतवर्ष लाटोकोशेरो उत्सव गरिएको थियो। यहाँका जंगलमा पाँच प्रजातिका लाटोकोसेरो, गिद्धका साथै नेपालमा मात्रै पाइने काँडेभ्याकुर रहेको राङभाङ् क्लवका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए। ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको आयोजनामा १९ दिने बन्यजन्तु अनुसन्धानबाट यी चरासहित पुतली र भ्यागुता गणना गरिएका हुन्। अनुसन्धानमा १० जिल्लाका १३ जना सहभागी थिए। सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली, भ्यागुता लगायतको अध्ययन एवं अवलोकन गरे। नेपालमा मात्रै पाइने काँडेभ्याकुर, लोपोन्मुख गिद्ध लगायत विभिन्न प्रजाती एवं स्तनधारीको पहिचान सहित तिनको अनुसन्धान गरेका प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए। उनका अनुसार चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा विषय विज्ञबाट नै प्रशिक्षण गराइएको छ। सहस्राब्दी पदमार्गमा अन्तरग धेरैजसो क्षेत्र वनजंगल पर्दछ। लोपोन्मुख अवस्थाका सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्ध लगायत गिद्धका साथै मांसाहारी प्रजातिका लुइँचे चरा भेटिएका छन्। यसैगरी, कालो चिल, काकाकुल, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, पौरी वाज, बौडाइ, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, लटुशविरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरा लगायतका प्रजातिका चरा भेटिएका हुन्। गतबर्ष राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरु नामक संस्थाको संयुक्त आयोजनामा लाटोकोशेरो एवं हुचिल उत्सव गरेको थियो। ‘संस्कृति, पर्यावरण संरक्षण सहित मनोरञ्जन प्रदान गर्ने उदेश्यले उत्सव गरिएको हो। प्रकृति संरक्षणमा लागि अत्यन्त महत्वपूर्ण रहने जीव र चरा संरक्षण गर्नु हामी सबैको कर्तब्य रहेको आयोजकको भनाइ छ।

पदमार्गमा ४२ प्रजातिका स्तनधारी, १ सय ४७ प्रजातिका चराहरू, १ सय १३ प्रजातिका पुतली र ५ प्रजातिका लाटोकोसेरो सहित नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख्न सकिने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]