२८ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई फेल हुने दाबी गरेका छन् ।उद्योग संघ मकवानपुरको १९औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावलाई परास्त गर्ने गरी आफूले तयारी गरिरहेको दाबी गर्दै उक्त प्रस्ताव फेल हुने बताएका हुन् । मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

‘अब बस्ने प्रदेशसभाको बैठकबाट अविश्वासको प्रस्तावको विषयलाई प्रक्रियागत ढंगबाट टुंगो लगाउनेछ,’ पौडेलले आफूविरुद्ध आफ्नै जिल्लाका सांसदहरुले समेत हस्ताक्षर गरेकोप्रति रोष प्रकट गर्दै भने, ‘आफ्नै जिल्लाका सांसदहरुले समेत मेरो विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । अब विकास विरोधीहरु को रहेछन् भनेर जनताले चिन्ने दिन आएको छ ।’ पौडेलविरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभाको बैठक माघ ७ गतेका लागि डाकिएको छ । कुल एक सय १० प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा मुख्यमन्त्रीको पक्षमा ३४ मत मात्रै रहेको छ । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावलाई परास्त गर्न आफूले विभिन्न दलहरुसँग आन्तरिक छलफल गरिरहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]