२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – बागमती सफाइ महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरी मनाइएको छ । २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको बागमती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो ।

‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’ नारा दिएर बागमती सफाई शुरु भएपछि अहिले केही भएपनि बागमती सफा र दुर्गन्ध रहित बनेको छ । आज (शनिबार) फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागिता जनाएकी अभिनेत्री मनिषा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरिन् । नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने बताइन् । कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन् । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाइ छ । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने बताइन् ।

बागमती सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागीता भएको छ । महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ । प्रत्येक शनिवार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ । यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । बागमती नदिको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]