१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी भन्दै नेपाल विद्यार्थी संघले हिजो उल्टो हिँडेर बिरोध जनाएको छ । माइतीघरदेखि बानेश्वरसम्म उल्टो हिँड्ने काम भएको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए । ‘झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गर्यो ’ उनले भने । महामन्त्री दीपक भट्टराईले प्रधानमन्त्रीको कदमले देशलाई उल्टो बाटोमा डोर्याएको भन्दै उल्टो हिँडेर साङ्केतिक विरोध गरिएको बताए ।प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा जान खुट्टा कमाएको भन्दै काँग्रेसभित्रै सभापति शेरबहादुर देउवाको बिरोध भैरहेका बेला नेविसंघले रचनात्मक आन्दोलन गरेको हो । काँग्रेसमा आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको फरक धारणा आइरहेको छ । देउवा सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा छन् भने पौडेल आन्दोलनमा जानुपर्ने अडानमा छन् ।

तत्काल आन्दोलनमा जान नहुने पक्षमा रहेका सभापति देउवाकै कारण काँग्रेस केन्द्रीय समितिले आन्दोलनलाई काठमाडौँबाट गाउँ केन्द्रित गर्ने निर्णय गरेको छ र केन्द्रीय समितिको बैठक पनि सरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]