२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र पठाउन ताकेता गरेको छ । नेकपामा अध्यक्ष ओली समूह र दाहाल–नेपाल समूहबीच पार्टी तथा निर्वाचन चिह्न सम्बन्धमा विवाद रहँदै आएको छ । दुवै समूहले आफूहरू नै आधिकारिक पार्टी रहेको र सूर्य चिह्न पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

यसका लागि दुवै समूहले आयोगमा आआफ्नो दाबी पेस गरेका थिए । तर निर्वाचन आयोगले दुवै समूहले यसअघि पठाएको विवरण नमिलेको भन्दै सुधारसहितको नयाँ विवरण माग गरेको हो । आयोगले शुक्रबार दुवै अध्यक्षलाई पत्र लेख्दै तथ्यसहितको विवरण माग गरेको छ । आयोगको बैठकबाटै दुवै समूहसँग तथ्यसहितको विवरण माग गर्ने निर्णय भएको हो ।दुवै समूहले आफूहरू नै आधिकारिक पार्टी रहेको र सूर्य चिह्न पाउनुपर्ने दाबी गर्दै आइरहेका छन्

‘उल्लिखित तथ्यगत र कानुनी कुराको अध्ययन र जाँचबुझ गरी गरिएको विश्लेषणबाट राजनीतिक दलसम्बन्धी ऐन २०७४ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ भएको कानुनी व्यवस्था र दुई अध्यक्ष छुट्टाछुट्टै पत्र व्यवहार गरी पठाएको आपसमा नमिलेका विवरण बेहोरा र माथि उल्लेख गरिएबमोजिम दलको विधानमा रहेका यस विषयसँग सम्बन्धित प्रावधानका आधारमा दलको विवरण अद्यावधिक गर्न सुधारसहितको विवरण आउनुपर्ने ठहर गरिएको छ,’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]