१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफ्नो राष्ट्रपतिको कार्यकालको अन्तिम समयमा आएका राष्ट्रपति ट्रम्पको एकतातिर संसद भवन क्यापिटल हिलमा भएको आक्रमणका कारण विश्वभरी आलोचना भइरहेको छ भने अर्कोतर्फ पदमुक्त हुने समयमा उनीमाथि फौजदारी अभियोग लाग्न थालेका छन् ।

सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा इरानले यसअघि नै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । इरानले पक्राउ पुर्जी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पठाइसकेको छ । गत वर्ष अमेरिकी ड्रोन आक्रमणमा बगदादमा इरानी मेजर जनरल सुलेमानी र इराकी मिलिशियाका शीर्ष नेता अबु महदी अल मुहंदिसको एकसाथ मृत्यु भएको थियो । सुलेमानीको हत्या अभियोगमा इरानले र मुहंदिसको हत्या अभियोगमा इराकले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]