२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]