११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – कम्पनी रजिष्ट्रार कार्यालयले समयमा लेखा परिक्षण गर्न नसकेर साधारणसभा गर्न नसकेका ७१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गर्ने भएको छ । कम्पनी ऐनले तोकेको समय चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तसम्म यी वित्तीय संस्थाहरुले बुझाउन नसकेपछि कारवाही गर्न परेको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कम्पनी ऐन २०६३ को दफा ५१,७६,र ९२ ले गरेको व्यवस्था अनुसार पब्लिक कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पुस मसान्तसम्म मात्र हो । उक्त व्यवस्थाअनुसार आव २०७६÷७७ को लेखा परिक्षणपछिको आयकर विवरण आव सकिएको ६ महिना भित्रै अर्थात पुस मसान्तभित्रै बुझाइसक्नुपर्ने हुन्छ ।

सार्वजनिक कम्पनीले साधारण सभा हुनु २१ दिन अगाडी सभा हुने मिती, स्थान र एजेण्डासहित सार्वजनिक सुचना जारी गर्नुपर्थ्यो । १९ विकास बैंक मध्ये ९ वटा बैंकले मात्र लेखापरिक्षण प्रतिवेदन बुझाएको जनाएको छ । त्यस्तै, २१ फाइनान्स मध्ये ९ वटाले मात्र लेखा परिक्षण प्रतिवेदन स्वीकृत समयभित्रमा भएको छ । यसैगरी अस्तित्वमा रहेका ७८ लघुवित्त संस्थामध्ये ३१ वटाले मात्र राष्ट्र बैकले लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको छ । ४७ संस्थाहरुले अझै प्रक्रिया पुर्याउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]