०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – बलिउड अभिनेत्री कंगना रनौत तथा उनकी बहिनी रंगोलीविरुद्ध लागेको राजद्रोहको अभियोगका बारेमा आफ्नो बयान दर्ता गर्नका लागि शुक्रवार मुम्बईको बान्द्रा प्रहरी चौकी पुगेकी छिन् ।

कंगना र उनकी बहिनीलाई मुम्बई प्रहरीले धेरै पटक पत्र पठाएको थियो ।तर, बान्द्रा अदालतले आदेश दिएपछि मात्र कंगना प्रहरीसमक्ष प्रस्तुत भएकी हुन् । यहि क्रममा कंगनाका वकील रिजवान सिद्दी पनि त्यहाँ पुगेका छन् ।

प्रहरीसमक्ष प्रस्तुत हुनुअघि कंगनाले एउटा भिडियोमार्फत सन्देश दिएकी छिन्, जसमा आफ्नो आवाजलाई दवाएको कुरा उनले बताएकी छिन् ।

हाई कोर्टको आदेश अनुसार कंगना र उनकी बहिनीले बान्द्रा प्रहरी कहाँ पुगेर वयान दर्ता गर्नु पर्ने थियो ।

मुम्बई प्रहरीले २०२० अक्टुबर १७ मा कथित रुपमा दुई समुदायबीच विवाद बढाउने र अन्य आरोपका लागि स्थानीय अदालतको आदेशमा कंगना र उनकी बहिनी विरुद्ध एफआईआर दर्ता गरेको थियो ।

कंगनामाथि धार्मिक भावना भड्काउने, कलाकारहरुलाई हिन्दू – मुसलमानबीचमा भाग लगाउने र सामाजिक द्वेषलाई बढाउने आरोप लगाइएको थियो ।

कंगना र उनकी बहिनीमाथि भारतको आईपीसी सेक्शन १५३ ए (दुई वटा धर्मको आधारमा घृणा उत्पन्न गराउने कोशिश), २९५ ए (सांप्रदायिक भावनामा ठेस पुऱ्याउने कोशिश) र १२४ ए (राजद्रोह) जस्ता आरोपमा मुद्दा दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]