सप्तरी – पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।
बागलुङमा प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउँदै दाहाल–नेपाल नेतृत्वको नेकपा ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार यो समूहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका हुन् ।
विरोधपत्रमा प्रधानमन्त्रीले राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरेका छन् ।
बर्दियाको सदरमुकाम गुलरियामा नेकपा दाहाल र नेपाल समूहले सरकारविरुद्ध नाराबाजी गर्दै । तस्बिर : कमल पन्थी/कान्तिपुर
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपाले त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।