२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – सामुदायिक वन कार्यालयको कम्पाउन्टमा परालले लुकाएको अवस्थामा भेटियो काठ
काठ तस्करीको आरोपमा झापामा एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । झापाको शिवसताक्षी– ११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्।

सबडिभिजन वन कार्यालय दमक र रतुवामाई वृक्षरोपण आयोजनाको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरूले दुईवटा सालका ठूला रूख काटेको वन कार्यालयले जनाएको छ ।

गैँडे सामुदायिक वनको सिमानामा रहेको रतुवामाई वृक्षरोपणको वन क्षेत्रमा रूख काटेको आरोपमा पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकले जनाएको छ । ३२१ क्युफिट काठसहित उनीहरूको पक्राउ परेका हुन् । दुईवटा रूखका २८ वटा टुनासहित उनीहरूलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले जानकारी दिए ।

‘काठ तस्करी भइरहेको सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ । एउटा रूख जंगलमा गिँडेर राखेको अवस्थामा भेटियो । त्यही आधारमा खोज्दै आयौँ,’ उनले भने, ‘एउटा रूखको टुना सामुदायिक वनको कम्पाउन्डभित्र परालले छोपेर लुकाएको अवस्थामा फेला पार्‍यौँ । अध्यक्ष र उपाध्यक्ष त्यहीँ हुनुहुँदोरहेछ । त्यो भनेपछि त रंगेहात नै भन्नुपर्‍यो नि !’ पक्राउ परेका अध्यक्ष र उपाध्यक्षलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भद्रपुर पठाइएको उनले बताए ।

अध्यक्ष कार्की लामो समयदेखि गैँडे सामुदायिक वनमा एक दशकभन्दा लामो समयदेखि कार्यसमितिमा बस्दै आएका छन् । उनी एक कार्यकालका वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल वनको अध्यक्ष भएका छन् । कार्की गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवसताक्षी– ११ को वडाध्यक्षमा पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]