१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०८, २०७७

सप्तरी-उदयपुरको त्रियुगा नगरपालिका-२ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा त्रियुगा-१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन । बिशेष सुराकका आधारमा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा पश्चात उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।


यस्तै उनिहरुलाई पक्राउ गरिएसंगै आजै साढे १० बजे अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीलेनै उदयपुर त्रियुगा-६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन रहेका छन ।

उनिहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनिहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । यसरी लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]