०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यलयले जेनेरेटर लिलाम बिक्री गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले शिलाबन्दी बोलपत्रका आह्वान गरिसकेको छ । बैंकले वि।सं। २०६३ साल असारमा खरिद गरेको जेनेरेटर १४ वर्ष पछि लिलाम गर्न लागेको हो ।

बैंकले कार्यलय प्रयोजनका लागि १६ लाख ५२ हजार ७४३ मूल्यमा खरिद गरेको थियो । अहिले विद्युत आपुर्तीको सहज भए सँगै कार्यलयमा आवश्यक नभएको कारण २ लाख ५ हजारमा लिलाम बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

जेनेरेटर खरिद गर्न इच्छुक व्यक्ति वा फर्महरूले बोलपत्र फारम आगामी माघ ९ गते सम्ममा खरिद गरि माघ ११ गते बिहान ११ बजे सम्पूर्ण सर्तहरू पुरा गरि पेश गर्नु पर्ने छ । साथै शिलबन्दी बोलपत्र माघ ११ गते नै दिनको १२ बजे नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यलयमा खुल्ने पनि बैंकले जनाएको छ । सो दिन बिदा परेमा त्यस पछि कार्यलय खुलेको पहिलो दिन हुने पनि बैंकले जानकारी दिएको छ ।

लिलाम सम्बन्धी बोलपत्र स्वीकृति भएको जानकारी दिए भित्र सम्झाउता गर्नु पर्ने छ । अन्यथा बोलपत्र रद्द गरि धरौटी बापत जम्मा गरेको रकम जफत हुने पनि बताइएको छ । यस बोलपत्र सम्बन्धी सूचना यस बैंकको वेइवसाइटमा समेत हेर्न सकिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]