०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।

सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिए ।

आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । बिहीबार नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]